केशवराज अधिकारी
त्यती साना चरीको बुद्धी हुन्न ठानेको
रैछ बुद्धी बेसरी बल्ल मैले जानेको।
छक्कै परें म आज तिम्रो सिप देखेर
तिम्रै गीत गाउँछु कागजमा लेखेर।
भिन्ना भिन्नै चरीका घर धेरै थरिका
कहाँ सिक्यौ भनत बनाउने तरिका।
न क्याम्पस स्कूल पढ्यौ भर्ना भएर
न गुरुले पढाए घर घरै गएर।
गौँथलीले चुचोमा हिलो माटो ल्याएर
घैँटो जस्तो माटाको घर बन्यो लहेर।
सानो फिस्टी चरीले मनमनै गुनेर
आफ्नो घर बनायो त्यान्द्राहरू बुनेर।
कोही चरी चुच्चोले दुलो पारी रुखमा
घर आफ्नो बनाई बस्ने गर्छन् सुखमा।
फिस्टा देखी गिद्दका सीप कला देखेर
तिम्रै गीत गाउँछौँ कागजमा लेखेर।
कैले पानी दर्किन्छ कैले हुरी असिना
जोगाएर बस्नु छ बाल बच्चा मसिना।
तिम्रो घर बलियो हुनु पर्छ सोचेर
तिम्रै गीत गाउँछौँं कागजमा लेकेर।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…