बिष्णु भण्डारी
हाम्रो घर अगाडि,
आँपको सानो रुख छ
त्यै रुखमा एउटी चरी
गुँड बनाई बसिछे,
गुलेलीले नहान्देउ है,
सिकारी दाइ ।
गुलेलीले हान्यो भने,
लाग्छ बचेरालाई ।
बचेरालाई लाग्यो भने,
चरीको दिल दुख्छ ।
कठैबरा ! बिचरा !
उसको मन रुन्छ ।
उसको दुःखी बिलौनाले,
मेरो मुटु छुन्छ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…