Categories: बाल कथा

“चलन”

मंजू अर्याल

हालसालै सविताको घर नजिकै डेरामा बस्न दिपा स-परिवार स्थायी बसोबासमा क्यानडाको टोरोन्टो आएकी छन्। बिकासको लहर, ठुल्ठुलो भवनहरु, गुगल वा म्यापबाट जहाँ पनि जान सकिने सुबिधा छ। केही परे बसचालकले बताई दिन्छ। बस चड्दा लाइन लागेर चढछन्। बुढो,अपाङ्ग, असक्तलाई देख्यो भने चालकले आफैँ सिटवाट ओर्लेर चढाउछ। मान्छे आफैँ सिट छोडिदिन्छन। सरकारी अफिस देखि बैंकसम्म पनि उस्तै लाइनमा काम हुन्छ। नि:शुल्क स्वास्थ्य र शिक्षा जस्ता सुबिधा पाइन्छ भने पनि सबितासँग भेट हुँदा नयाँ अनुभव सुनाई रहन्थिन।
एकदिन आमा छोरा मात्र हिडेर आउँदै गरेको देखेर “कहाँ गएर आउनु भएको हो बहिनी यो चिसोमा ?” सविताले सोधिन।
“कहाँ हुनु दिदी।” छोरा तिर हेर्दै भनिन्।
” के भयो बाबुलाई?”
यसलाई हिजो अस्ति देखि कान दुखिरहेको थियो। आज राती त बेस्सरी दुखेर सुत्नै सकेको होईन। डाक्टरलाई देखाएर आएको।” थाकेको अनुहारले भनिन।
“के भन्यो त डाक्टरले? के भएको रहेछ ?” सोधिन र आफै थनथनाउन थालिन। “चिसोले दुखेको हो कि?”
“नेपालमा पनि कहिले काहिँ दुख्थ्यो। कान दुखेको औषधि खान र दुई थोपा कानमा हालिदिन्थ्यो।
यहाँ त के हो के हो ? सुन्दा पनि हाँस उठ्छ।” मुख खोलेर हाँस्दै भनिन्।
“किन के भन्यो त्यस्तो हाँस उठ्ने गरी?” आँखी भौ उचाल्दै सविताले सोधिन।
” कानमा फोहोर जमेको छ। घरमा लगेर दुई दुई थोपा खाने तेल हाल्दे। भोलि आफैँ फुलेर बाहिर आउँछ।” खाने औषधि देन भनेको। केही पनि खानु पर्दैन। भन्छ बा।”
“मैले त डाक्टरलाई नै भनेँ , “दिदी, यस्तो त मेरो हजुरआमाको पालामा गर्दथे। अहिले पनि कानमा तेल हाल्न हुन्छ?” उनी एकछिन रोकिएर “अनि के भन्छ थाहा छ तपाईँलाई डाक्टरले?” हौसिदै सुनाइन।
“हजुरआमाहरुले गरेको कत्ति चलन अहिले पनि राम्रा छन्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

6 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

6 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago