Categories: बाल कथा

दिवा खाजा

दिपेन्द्र आचार्य
इलाम

“नाइ बाबा दस रुपैयाँ नदिए त म स्कुल जान्न।”
“किन छोरी दस रुपैयाँ ?”
“चटपटे खान ।”
“स्कुलमा सरहरुले खाजा दिइहाल्नुहुन्छ नि! फेरि यस्तो बजारे खाजा स्वस्थ्यको लागि हानिकारक हो भन्ने थाह छ त मेरो ज्ञानी छोरीलाई ।”
“हामीलाई दिनुहुन्न खाजा। म भोकै पढ्न सक्दिन। दस रुपैयाँ दिनुहुन्न भने म त स्कुल जान्न।”
कक्षा पढने आफ्नी छोरीको कुरा सुने पछि छोरीसङै विद्यालय गइ दिवा खाजा सम्बन्धी कुरा बुझ्ने निर्णय गरी विद्यालय उनी जान्छन् । प्रधानाध्यापक सङ्ग छोरीको पढाई सम्बन्धी कुरा गरि दिवा खाजाको विषयमा सोध्न थाल्छन् ” सर पोहोरसम्म दिइएको दिवा खाजा अहिले किन दिइएन?”
“सरकारको नियम अनुसार कक्षा पाँच सम्म मात्रै दिवा खाजाको कार्यक्रम भएकाले यसो गरिएको हो।”प्रधानाध्यापकले सहज जवाफ दिनुहुन्छ।
“कक्षा ६ ले पनि दिवा खाजा नपाउने हो सर ?”
“हजुर यसपालिको बजेटले कक्षा ६लाई पनि दिवा खाजा काट्यो त।”
“धन्यवाद सर ” भन्दै अभिभावक बाहिरिन लाग्दा टेबुलमा रहेको कान्तिपुर पत्रिकामा आँखा पर्छ। जहाँ पहिलो पृष्ठमा लेखिएको हुन्छ, ” कोसी प्रदेशको प्रत्येक कर्मचारीलाई दैनिक रु २०० खाजा भत्ता।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

5 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

5 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago