Categories: बाल कथा

चाहना


बिन्दु पौड्याल वस्ती
भरतपर-२,चितवन

“हैन, सर ! तपाईँको के ताला हो यस्तो ? शिक्षक नै यस्तो भएर आएपछि विद्यार्थीले के सिक्छन् ?” प्रअले नवीन सरलाई अफिसमा बोलाउँदै भन्छन्। नवीन आफ्नै सुरमा आनन्द मुद्रामा स्कुल पसेका मात्र के थिए; प्रअले एक्कासि अफिसमा लगेर त्यसो भन्दा त छाँगाबाट खसेजस्तै हुन्छन्। “के भयो सर ? मैले केही त्यस्तो नराम्रो काम गरेजस्तो त लाग्दैन। हिजो मात्रै सिलाएर ल्याएको ड्रेस हो। न पुरानो भएर रङ उडेको छ, न मैलो र कुनै दाग नै लागेको छ। फेरि अरू मबाट के नै भएको छ जुन कामले विद्यार्थीको सिकाइमा नराम्रो प्रभाव पार्ने ?” नवीन सरले आश्चर्य भाव प्रकट गर्छन्। तपाईँलाई थाहा हुनुपर्ने हो; यो निजी विद्यालय । यसको स्रोत भन्नु नै विद्यार्थीले तिर्ने शुल्क । अभिभावकले आफ्ना नानीहरूलाई राम्रो बनाउन सरकारी विद्यालय छोडीछोडी यहाँ पठाएका।
अनि के भयो त सर ? मेरो सिकाई र अभिभावकको चाहनाबिच कहाँ निर अन्तर परेको छ त ? मैले त बुझ्नै सकिनँ।
अझ बुझ्नु भएन -“तपाईँले तलब खान विद्यार्थी सङ्ख्या बढाउनु पर्छ । त्यसका लागि तपाईँ आफ्नो खुसी होइन; अभिभावक र स्कुल प्रशासनले चाहे अनुसार हुनुपर्छ र गर्नुपर्छ।
मैले नगरेकै के छ र सर ? स्कुलको समयमा आएकै छु । भनेको पोशाक लगाउने र दिएको कक्षा पढाउने काममा कसैले भन्नै पर्दैन । नतिजा पनि मेरो विषयमा राम्रै आएको छ। मैले त कुरै बुझ्न सकिनँ नि सर।
सुन्नुस् , तपाईँ प्राइभेट स्कुलको शिक्षक । यहाँ तपाईँले चाहे जसरी कपडा सिलाउन, लगाउन, कपालको डिजाइन निकाल्न आफ्नो चाहना अनुसार हुँदैन अन्यथा भोलि……पनि हुन सक्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

9 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago