Categories: कविता

“पुष्प महिमा”


शोभा कोइराला

फुल्दै पुष्प बगानमा विनयले उल्लास भर्छन् सदा
कोही लोभित टिप्दछन् हृदयले सौन्दर्य हर्छन् उता
कस्तो जन्म लिएर आउन गए ती पुष्पका मञ्जरी
भन्दैनन् कति टिप्तछ्न् मनुजले यी कुञ्जका वल्लरी।

प्यारा पुष्प समाउँदै सजनले टिप्छन् बढो प्रेमले
पृथ्वीझैँ अति धीरता हृदयका पुष्पादि छन् शीलले
यस्तोदेखि तरङ्ग उब्जिन गयो सद्भावका साथमा
साह्रै स्नेहिल भाव चट्ट चुँडियो प्रेमाश्रुका आडमा।

मालीको मिहिनेतसाथ कलिका झुल्छन् रमाईकन
माला बन्न निमित्त तत्पर सदा हुन्छ्न् रमाईकन
फुल्छन् ईश निमित्त पुष्प जहिले प्रात:दिवा साँझमा
फुल्छ्न् प्रेत र पिण्डदान दिनमा प्रात:दिवा रातमा।

बोल्दैनन् कहिले स्वधर्म जहिले थाम्छन् सबै पुष्पले
मौनी राज्य दिलाउने हृदयका देखिन्छ सामर्थ्यले
थाक्दैनन् जति क्षीणता लहरिलो बन्दै गएतापनि
फुल्छन् चोट पिएर धर्मपथमा नि:शब्द बन्दै पनि।

धर्ती कञ्चन राख्न शोभित बनी पुष्पादि फुल्छन् नित
यस्तो अद्भुत शक्तिबाट मनुवा बन्दैछ आह्लादित
बारम्बार चुँडेर दु:ख दिइँदा बिर्सी त्यहीँ फुल्दछन्
ऊर्जाशील भएर सुन्दर छटा शोभा बनी खुल्दछन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

10 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago