Categories: बाल कथा

चुहिने घैँटो र फूलको कथा


नारायण खत्री

एक समयको कुरा हो, एउटा गाउँमा एक जना गरिब किसान बस्थे । उनी हरेक बिहान खोलाबाट दुईवटा माटोका घैँटामा पानी भरेर काँधमा बाँसको डन्डीमा झुण्ड्याएर घरतर्फ लैजान्थे।
ती मध्ये एउटा घैँटो राम्रो र सद्दे थियो । त्यो घैँटो सधैँ घर पुग्दा पानीले भरिएको हुन्थ्यो । तर अर्को घैँटोमा भने सानो चिरा परेको थियो, जसका कारण बाटोभरि पानी चुहिन्थ्यो । अनि जब घरमा ती घैँटाहरू पुग्थे, तब त्यो सद्दे घैँटोले चिरा परेको घैँटोलाई पानी कम ल्याएको भनेर सँधै हेप्ने गर्थ्यो । यसरी सँधै सद्दे घैँटोबाट हेपिनु परेकोमा चिरा परेको घैँटो भनेँ दुःखी हुने गर्थ्यो।
एक दिन उक्त चिरा परेको घैँटोले किसानलाई भन्यो, “मालिक मलाई माफ गर्नुहोस् । मेरो चिराका कारण पानी खेर जान्छ । म त बेकार भएँ । मलाई अर्को मेरो साथीले सँधै हेप्ने गर्छ ।”
किसान मुस्कुराउँदै बोले, “ल त्यसो भए भोलि तिमी कुवाबाट फर्किँदा आफ्नो बाटोको छेउ हेरेर आउनु ?”
भोलिपल्ट जब कुवाबाट फर्किए, तब उक्त घैँटोले आफ्नो बाटोभरि हेर्यो । उ तर्फको बाटोभरी रंगीन फूलहरू फुलेका थिए, तर अर्को घैँटोको बाटो सुनसान र सुख्खा थियो।
घर फर्केपछि किसानले भने, “मलाई तिम्रो चिरा थाहा थियो । त्यसैले मैले तिम्रो बाटोको छेउमा फूलका बीउ रोपेको हुँ । तिमीले चुहाएको पानीले ती फूल सिँचाइ हुन्छन् । तिम्रो कारणले नै यी फूलहरू फुलेका हुन् ।”
त्यसपछि चिरा परेको घैँटो खुशी भयो । उसले बुझ्यो कि उसको कमजोरी पनि उपयोगी हुन सक्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

15 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

15 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

15 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago