Categories: बाल कथा

“चेतना”

तुलसी पण्डित

पहाडको सेरोफेरोमा रमाएको चरो एक्कासी शहर पस्दा अत्तालियो । उसले सोचेको थियो । शहरमा कुनै कुराको अभाव हुँदैन। शहर स्वथ्य र शान्त हुन्छ ।
तर शहर साँच्चैको जहर रहेछ । जतासुकै कोलाहल मात्र । ऊ यसो शहर घुम्न अगाडि बढी रहेको थियो । जतासुकै फोहर मात्र थियो । दुर्घन्धले नाकै छेड्ने । दिउँसै तुवालो लागे जस्तो । सास फेर्न निकै गाह्रो हुने । कति शक्तिशाली रहेछन् यहाँका मानिसहरु । यहाँका हरेक दुर्गन्ध पचाई रहेका छन् ।


अल्लि अगाडि बढ्दै गयो ऊ। उसलाई गजव लाग्यो । हरेक दोकानका हरेक मानिसहरु फोहर जति बाटोमा फालि रहेका छन्। उसले त्यहाँ बाटोमा फोहर फाल्ने साहुजीलाई सोध्यो ।
“होइन यहाँ पढेलेखेका मानिस छैनन् ?”
साहु जिल्लियो । उसले भन्यो । “म सरसफाइमा पिएड्डी गरेको व्यक्ति हुम् ।” उसलाई झन् आश्चर्य लाग्यो ।
उसले भन्यो । “हेर्नुहोस् महानगरपालिकाले हरेक् दोकानमा फोहर मलाई भन्ने भाँडो राखेको छ । तर त्यहाँ फोहर छैन । फोहर सबै बिच बाटोमा फालिएको छ ।” साहुजी अन्कनायो । आगन्तुकले गम्भीर हुँदै भन्यो । पढेर मात्र चेतना आउने रहेनछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

22 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

22 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago