Categories: कविता

“छठ पर्व”


मणि भट्टराई

प्रकृति र मानव बीचको सुमधुर सम्बन्ध
आउन्न कतै छुवाछुत भेदभावको गन्ध।

तलाउ नदी किनारमा व्रतालु जम्मा भई
उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई।

आपसमा मिलिजुली छठीको गर्छन् उपासना
घरपरिवार समस्त जगतको गर्दै शुभचाहना।

आस्था विश्वासले मनमा ऊर्जा प्रचुर जगाउने
अमूल्य ऊर्जा लिई अघि बढी आनन्दले रमाउने।

अमूल्य निधिहुन् चाडपर्व संस्कार संस्कृतिहरू
जीवन सार्थक बन्दछ यसमा बयान धेर के गरुँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

8 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

9 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago