रचना शर्मा
आमाले आँगनमा पूजाको सामाग्री तयार पार्दै थिइन्,सानी छोरी दौडिँदै आएर सोधिन् ,”मम्मी!आज कुन भगवानको पूजा गर्ने हो?”
आमाले भनिन्, “छठिया माईको।”
बालिकाले फेरि सोधिन्,”लक्ष्मी माताले धनसम्पत्ति दिनुहुन्छ,सरस्वती माताले विद्या दिनुहुन्छ भने छठिया माईले के दिनुहुन्छ त?”
“छोरी!छठिया माईलाई श्रद्धापूर्वक पूजा आराधना गर्ने हो भने धन नहुनेलाई धन्,विद्या नहुनेलाई विद्या दिनुहुन्छ अनि सन्तान नहुनेलाई सन्तान पनि दिनुहुन्छ।” आमाले छोरीलाई बुझाइन्।
बच्चीले प्रसङ्ग बदल्दै भनिन्,”मम्मी!पल्लो घरको अन्टिले मलाई बोकेको बोकै गरेर दिक्क पार्नुहुन्छ।” “उनीहरूको सन्तान नभएर तिम्लाई माया गरेका हुन् नि! माया गर्दा पनि दिक्क मान्छन् त लाटी?” आमाले सम्झाइन्।
“त्यसोभए उहाँहरूलाई पनि छठ पूजा गर्न भन्नुस् न त!”
बालिकाको कुरा सुनिहेका समलिङ्गी दम्पति मुखामुख गरे।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…