Categories: कविता

छन्दमा शिक्षक

छन्द दिवसको शुभकामना


शोभा कोइराला

छन्द:- स्रग्विणी

माइती मण्डला धाउँछन् शिक्षक
आसमा वेदना पोख्दछन् दीक्षक
चेतना छर्दछ्न् छन्दमा नैतिक
शान्त सौहार्दले छाउँछ्न् दैनिक।

भद्र शालीनता सौम्यताले भरि
रोशनी छर्दछन् मैनबत्तीसरि
सिर्जना गर्दछन् दिव्यता साथमा
तर्क जे गर्दछन् छन्दका तालमा।

शीर्ष नेतृत्वदायी महान् हे! भनी
गर्दछन् वन्दना शालिनीझैँ बनी
नाट्य देखाउँछन् जादुका साथमा
नाच्दछन् गाउँछन् छन्दका तालमा।

ऐनका निम्तिमा घाम पानी सही
सभ्यता भव्यता शिष्टतामा रही
गोलमा बद्ध भै एकता साथमा
छन्दका तालमा मन्द मुस्कानमा।

शान्तिका साथमा दीप फैलाउँदै
घाम पानी सही नाद गुञ्जाउँदै
आपसी भावका साथ अन्जानमा
आस उत्कर्ष छन् छन्दका तालमा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

12 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

12 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago