Categories: बाल कथा

भविष्य


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा ! अब हामीहरू पाठशाला जानुपर्दैन ?”- केशराले प्रकाशको पिठ्यूँमा झुण्डिदै भनी।
“जानपर्छ छोरी , विद्यालयमा नगएर कसरी ठुलो मानिस बनिन्छ भन त ?”-प्रकाशले छोरीलाई आफ्नो काखमा बसाल्दै भने।
“तर हाम्रो स्कुलमा त अचेल पढाइनै छैन्। बच्चाहरू खेलेर फर्किन्छन् । हाम्रा गुरू बा गुरू आँमा सबै हड्तालमा छन्। उहाँहरू भन्नुहुन्छ जबसम्म नयाँ शिक्षा ऐन लागुहुँदैन हाम्रो हड्ताल जारिरहने छ।”- केशराला मलिन हुँदै भनी।” उहाँहरूको मागहरू मध्यको होलानी छोरी त्यो पनि एउटा। केहि दिनपछि फर्किनुहुन्छ।”-प्रकाशले छोरीलाई सम्झाउँन खोजे।
“हजुरहरूले पढ्नेवेलाको शिक्षा खराब थियो र ?”- पाँच वर्षिय बालिकाको जिज्ञासा थपिंदै थियो।
“मेरो प्यारी छोरी ! हुनसक्छ पुरानो भयोहोला त्यो अहिलेको लागि।”- प्रकाशले भने।
“मत पढेपनि मास्टर बन्दिन”- उसले अँध्यारो मुहार बनाउँदै भनी।
“किन र छोरी?”- प्रकाशले सटिक प्रश्न गरे।
“गुरू भएपछि हड्ताल गर्नुपर्ने रहिछ। हाम्रो गाउँको पाठशालाबाट सबैजसो बालबालिका आर्को स्कुलमा भर्ना भए।पाठशाला नै रित्तिएपछि गुरूहरूको केकाम ?”- केशराले दुखेसो पोखी।
“होर छोरी ?”-प्रकाशले प्रतिप्रश्न राखे। साहेद उनीसँग केसराको प्रश्नको उत्तर थिएन। उनी आफैँ पनि कुनै स्कुलका अध्यापक थिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

13 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

13 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

14 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago