पुण्य घिमिरे
बैत्यश्वर-६ दाेलखा
कतै अघि कतै पछि,कहिले दायाँ बायाँ,
मलाई कहील्यै छाेड्दैन,मेराे साथी छाया।
जेजे गर्छु त्यही गर्छ , नक्कले छ बानी,
बाेलचाल छैन कसम, हुन्न कुराकानी।
जि्क्याउँछ मलाई सधैं, हात खुट्टा तानी
कतै अग्लाे कतै हाेचाे, कद छानी छानी।
कतै अघि कतै पछि, कहिले दायाँ बायाँ,
मलाई कहिल्यै छाेड्दैन, मेराे साथी छाया।
विहानमा लमतन्न, याे बेलुकी लमतन्न,
बार्हबजे दिउँसाेतिर, हुन्छ चकमन्न।
अँध्याराेमा गुमनाम, कता जान्छाै छाया,
तिमीसितै खेल्छु म नि, तिम्रै लाग्छ मायाँ।
कतै अघि कतै पछि, कहिले दायाँ बायाँ,
मलाई कहील्यै छाेड्दैन, मेराे साथी छाया।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…