Categories: कविता

“परीक्षा दिन्छु”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

परीक्षा आयाे भन्दछन् सबै मनमा डर छ
किताब हेर्न लाग्दैन मन पासकाे कर छ।

जि पि ए कति ल्याउने भनी साेध्दछन् सबैले
सकेकाे जति भनेर टार्छु बाेल्दछु करैले।

किताब हेर्छ पुलुक्क यता हेर न भनेर
जाने कि घुम्न साथीले भन्छ आएर म नेर।

कक्षामा पनि गएन ध्यान गुरूका कुरामा
परीक्षा दिउँ छाेडूँ कि भएँ परेँ नि छुरामा।

किताब हेरे लाग्दछ निद भुसुक्क किन हाे
माेबाइल् हेरे छाेटाे नै लाग्छ दिन र रात याे।

कहिले लाग्छ पढेर के नै हुन्छ र आखिर
विदेश गई जीवन पाल्ने गर्नु छ जागिर।

लाग्दछ कैले पढेर ठूलाे विद्वान बन्नु छ
संसार भर फैलाई नाम नेपाली भन्नू छ।

सम्पत्ति ठूलाे अमूल्य धन विद्या नै बुझेर
कम्मर कसी पढ्दछु अब किताब पुजेर।

ज्ञानकाे साथ विज्ञान जाेडी विकास गर्नु छ
सिकेकाे सीप ज्ञानकाे दीप उज्यालो छर्नु छ।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

9 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

9 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago