Categories: बाल कथा

‘छिः छिः काउ डग’


कमल सापकोटा
नाम्ची सिक्किम

शिखा सानैदेखि शहरको होस्टेलमा राखेकी!! छुट्टीमा घरको गुवालीछेउमा आइपुग्ने वित्तिकै हजुरबाको हातमा लछेप्रै गोबर देखेर सोधी – “छि छि काउ डंग तपाईँलाई घिन लाग्दैन र ?……मेरो छेउमा चैं नआउनुहोस् है हजुरबा.!!!”
“के हो काउ डंग भनेको ….. बुझिन त नानी?” हजुरबाले सहज रुपमा उल्टै सोधे। नेपाली कनिकुथी पढ्नेलाई ‘काउ डंग’ भनेको के हो कसरी बुझ्नु र बुझुन पनि!!! तर नातिनी धेरै घिनाएकाले अन्दाजमा भने – “भकारा सोरेर आएको नि नानी ….धुनुपर्छ नि !”
शिखा दुईहातले नाक छोप्दै घरभित्र पसी। बुढा पनि हतार-हतार हात-खुट्टा धोएर गोठमा गाईलाई र टाट्नुमा बाछाबाछीलाई घाँस हालिराखेर नातिनिलाई भेट्न घरभित्र पसे।
आफ्मी प्यारी नातिनीलाई कहिले देख्नु भएकी हजुरआमाले देख्नासाथै अघि नै एक बटुका तातो-तातो दुध अगाडि राखिदिएर पढाइको बारेमा सोधखोज गर्दै खानपिनको तयारीमा लागिन।
बुबामुमा समेत जागिरे; एउटी भएकी छोरीलाई टाट्नु , भकारा , सोत्तर ,पोया, दाम्लो भन्ने कुराको ज्ञान दिइरहनुपर्ने आवश्यक पनि ठानेका थिएनन | पाँच बर्षकी हुँदादेखि नै होस्टेल हालेर पढाउने बाबुआमाको रहर! त्यसैले शिखाको पढाईमा राम्रो अंग्रेजी ज्ञान भएपनि सम्पूर्णता हुँदैन भन्ने उनीहरुले कहिल्यै मनमा गमेका थिएनन।
हुनपनि ; शिखाको पढाईमा केही कमी थिएन। कुनै विषयमा पनि नब्बे देखि सौ सम्म अंक ल्याउने विद्यार्थी त्यसैपनि शिक्षक शिक्षिकाकी प्यारी नै थिई। अरु के चाहिन्थ्यो र? आमाबुबाले पनि आफ्नी छोरीको प्रशंसा आफ्ना साथीभाइसित गरिरहन्थे।
तर हजुरबा र हजुरमाको मनमा के छ भन्ने कुरा कसैले सोधेका थिएनन्। एकदिन कुरैकुरामा हजुरबाले आफ्नी नानीलाई छेउमा राखेर मायाँ गर्दै सोधे – “नानी भागवत गीता कुन धर्मको धर्म ग्रन्थ हो?” उत्तर आएन। वेद कसले लेखेका थिए? सीतालाई कसले हरेको थियो ? हाम्रो पुरुषहरुको भेष-भुषा के हो? नेपालीमा रामायण कसले लेखेका थिए ? कुनै उत्तर आएन” उनीहरुले आपसमा कुरा गरे …..!!! काश ! घरमै राखेर राम्रो स्कुल पढाएको भए!!!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

12 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

13 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago