Categories: कविता

“हजुरबा र नाति”


रञ्जुश्री पराजुली

जाडोमहिना आयो रमाइलो लाग्छ
स्कुल बिदा भएर घरमा बस्न पाइन्छ
घरमाबसी हजुरबाको कथा राम्रो सुन्छु
उनकाबाल्यकालका कथा मलाई भन्छन्।

उनी सानो हुँदा गाउँकै घरमा बस्थे रे
उनका पनि बाजेले राम्राकथा भन्थे रे
त्यहीकथा दोहर्याई उनी फेरि भन्छन्
उनक कथासुन्दा मेरो मनखुशी हुन्छ।

हजुरबाको पालाको कथा धेरै राम्रो
सुन्न पाउने आशले म भनेको मान्छु
गुरुले कक्षामा हाम्ला कथा भनछिन्
हाम्लाई पनि काथा भन्न लाउँ छिन।

दुईतिर कथा सुन्न पाउँने भाग्य्मानी
म पनि लेख्न खोज्छु बन्दै धेरैग्यानी
लेखेको कथा म हजुरबालाई सुनाउँछु
न मिलेको ठाउँमा मिलाइ दिन्छन्।

कक्षामा मलाई विज्ञान मन पर्छ
घरमा पनि म विज्ञान अभ्यास गर्छु
फुर्सद पाएँ भने कथा पुस्तक पढ्छु
कथा पढ्दा मेरो मनधेरै खुशी हुन्छ।

गृहकार्य नबिगारी कथा पढ्छु म
जानेजति कोशिस गर्दै कथा लेख्छु
बनभोजजाने भन्दै सबै साथी मिल्छौँ
खाजा बट्टा बोकी रुख मुनि बस्छौँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

11 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

11 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

12 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago