Categories: बाल कथा

छिमेक

राजन कार्की (पाजु)
धरान -१३ सुनसरी

“ए जुनेली! मुखिया वा, बिरामी पो छन रे ; जाऊँ त हिंड हेर्न, के भा, रैछ, विचरा तातोपानी तताएर दिने नी क्वै छैनन् क्यारे !” कमिजको टाँक लगाउँदै सानेले पत्नीलाई भन्यो।
“केरे ? मुखिया वा लाई हेर्न जाऊँ रे ? पर्या छैन जान ; गाइ फुकेर अस्ति दस आठ वोट मकै खाँदा कस्तरी भने ! के सम्म गरे यति चाँडै बिर्स्यौ ? अर्मल तिरेर आएको पसिना अझै मेरो थाप्लोमा ओभाएका छैनन् ! मान्छे चिनेका छैनौ ? गुन गर्ने खालका हुन र तिनी !” कम्मरको पटुका कस्दै जुनेलीले रिस पोखी।
“करेसा जोडिएको घर छ, यस्तो सानो तिनो ठट्याक ठुटुक त परिहाल्छ नी जुनेली; , जुन दिन भयो त्यै दिन बिर्सनु पर्छ। छिमेकमा टिमेक नगर्नु भन्छन्, तै पनि हेर्न जाँदै के बिग्रिन्छ त ! बैगुनीलाई गुनले मार्नु पर्छ भन्छन्। एउटा भएको छोरा बुहारी पनि सहर तिरै होलान् ? हिंड जौँ एकछिन्!” सानेले जुनेलीलाई सम्झाउँदै भन्यो।
“के बस्थे त छोरा बुहारी घराँ! व्यहोरा पनि त हुनुपर्यो नि बाबुको!”
दैलो लगाउँदै जुनेलीले भनी, ” हिँड !”
दूवै जना मुखिया बाका आँगनमा पुगे, चारैतिर सन्नाटा ,गोठमा गाई ड्वा गर्दै थिए। दलानको खाटमा सुतेका मुखिया घरि घरि हँ हँ गरेको सुनिन्थ्यो।
सानेले मुखियाको छेउमा गएर निधार छाम्यो। ; जुनेली! चिसो पानी लेउ त , पानीपट्टी गरिदिउँ तावा झै रन्केको रैछ!”
केही वेरको पानीपट्टी पछि मुखियाले आँखा खोले, यताउता पल्याक पुलुक हेरे; छेउमा साने र जुनेलीलाई देखेर उनका आँखा द्रविभुत भए।” साने तिमेरू?” उठ्न खोज्दै धिमे स्वर खोले, मुखिया ले।
“बिरामी छन रे भनेको सुनेर , आयौनी मुखिया बा !, मनले धर दिएन त !” सानेले उठाई दिँदै भन्यो।
“लु बिस्तारै खानुस् बाजे !” जुनेलीले मेथिजाउलो पकाएर बिरामीको छेउमा राखी दिँदै भनी। मुखिया बाले छिनभरमै जाउलो रित्याए र एक गिलास पानि पिए। मुहार पनि चहकिलो हुँदै आयो।।
“ल, जुनेली;तिमी घर जाउ ! म मुखिया बालाई हेल्थ पोष्ट लिएर जान्छु।” सानेले जुनेलीलाई भन्यो।
जुनेलीले लौरो ठिक पारिदिइ।
साने मुखियालाई डोर्याउँदै हेल्थ पोष्टतिर लाग्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago