“दशैँ”

 

शिव पुन

दशैँ कि कालीमाता , सब की देवीका
तिनै हुन् पार्वती , शिव की सेवीका।

ज्ञान दिने सरस्वती , ब्रह्मा उनका पति
विष्णु प्रिया लक्ष्मी त, शिव की पार्वती ।

दशैँमा दुर्गा पूजा, लगाउँ टीकाराता
लक्ष्मी तिहार देउसी भैलाे , चाहिदैन छाता।

तिमीलाई , हुने छैन धाेका
फूल मात्र चढाउ तिमी, चाहिँदैन बाेका।

घाँटी हेरि भात निल्नु , खाट हेरि सुत्नु
आफ्नाे जस्तो घर भएनी , त्यसैलाई पाेत्नु।

भन्न हुन्न नयाँ लुगा , जसरीनी चाहिन्छ
भन्न हुन्न जसरीनी , मासु भात खाइन्छ।

श्रम अर्थ गर्याे भने , अर्को साल पाइन्छ
केही रकम जम्मा गर , अर्को साल खाइन्छ।

के कस्ताे हुने हाेला , अहिलेकाे दशैँमा
काेहि आए रेलगाडी , काेहि बसैमा

काेहि भन्छ ठुलाे बाेका, आउँने दशैँलाई
काेहिघर आँशु हाेला ,खुशी छैन कसैलाई

हाँसाे खुशी हुने दशैँ, रुन्चे दशैँ हाेला
के थाहा अर्को साल , के के हाेला हाेला।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

31 minutes ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

42 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 hour ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago