Categories: बाल कथा

छुइछाइ


चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘भनेको मान्दिनस पर समालिएर बस है।’ बिहानैदेखि घरमा भ्याई नभ्याई थियो। हजुरआमालाई पूजामा बसेपछि एक घण्टा लाग्थ्यो। पेटको शल्यक्रिया गरेर आएकी आमा सकि नसकी काममा व्यस्त हुनुहुन्थ्यो।
‘भाउजूको छुइछाइ चारदिन भएको, अझै छुन हुँदैन रे। लु फटाफट रोटी पकाउनुहोस त भाउजू। ओई बुने तँ आइज तरकारी काट्। दुईदिन होस कि तीनदिन, म डयुटी बस्छु कसले के गर्दो रैछ, के हँदो रैछ हेर्छु। कसैलाई यता आउनै दिन्न। शरीरको नियमित एउटा प्राकृतिक कुरालाई अपराध बनाउन हुन्न। यो सामान्य कुरा हो । जानु आमा कुर्सीमा बसेर आरामा गर्नु ।’ जेठी नातिनी सुधा बोेली।
‘हाम्रो परिवार र समाज कहिले बदलिन्छ दाइ ? तपाईंहरु पनि त बोल्नु पर्यो नि ।’ ‘खै हजुरआमा, आमासँग कसले सक्ने बहिनी ? बुवा र मैले त बोलेकै छौँ। जवसम्म सम्पूर्ण महिलामा चेतना आउँदैन तवसम्म यस्तै होला बहिनी। हामी लोग्नेमान्छेभन्दा महिलाहरुमा नै परम्परा र धार्मिक कट्टरता बढी देखिन्छ बहिनी।’
हजुरआमा भटभटेभन्दा ठूलो स्वरमा भटभटयाउँदै पूजा सकेर भर्याङ ओर्लनु भयो। फेरि अवस्था परिवर्त भयो। आमा आएर पिठोमा हात चोब्नुभयो । बहिनी उठेर अर्कैतिर लागि।
‘पूजा सकिँदा तीन बज्यो। आमा एकपटक बेहोस हुनुभयो। हजुरआमा त्यसै रिंगटा लाग्यो भनेर ढल्नुभयो। हामीले जीवनजल खुवायौँ ।’ ‘कुनचाहिँ मोरा मोरीले छुइछाइको बेला के बिगार गरे आज भगवान रिसाउनु भयो । यस्तो मलाइ कहिल्यै भएको थिएन।’
‘भगवान होइन नातिनी रिसाई हजुरआमा ! दक्षिणा कम भयो ।’ कोठामा हजुरआमा बाहेक सबै हाँस्न थाल्यौँ । हामीले देखेका पूजाकोठाका र भित्तामा टाँगिएका भगवानहरु पनि हाँसिरहनु भएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

14 hours ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

14 hours ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

15 hours ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

2 days ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

2 days ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

3 days ago