Categories: बाल कथा

छोरीको सुरक्षा

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“नानी ! बाटो घाटोमा हिंड्दा अलि सुरक्षित हुनुपर्छ। अचेल केटी मान्छेलाई अत्यान्तै खतरा छ। दिनौँ हत्या हिँसा अपहरण जस्ता घटनाहरू हुन्छन् “- सबानाले आफ्नो छोरीलाई सम्झाइन्।
“हजुर आमा ! चिन्ता नलिनु मलाई केही हुँदैन। हजुरको छोरी आफ्नो रक्षा आफैँले गर्न सक्षम छे।”- बिपनाले आमालाई सान्त्वना दिँदै भनी।
” फेरी पनि हिजो आजको अवस्था धेरै नराम्रो छ। झन यो मेला पर्वको दौरानमा त झनै अराजक प्रकारका युवाहरूको घुइँचो हुन्छ। बढी आत्माविश्वास ठिक होइन छोरी।”-सबानाले बिपनाको टाउकोमा स्नेहपूर्वक हात राख्दै भनिन्।
सपनालाई केहिदिन पहिले सबनाले आफ्नै बुहारीलाई भनेको कुरा सम्झी।
” बुहारी भिडिओ एक्सरे गराए र अहिले पनि छोरी रहिछ भने चुपचाप उतै सफा गरेर आउँनु ; कसैलाई थाहा हुँदैन।नानी त पहिल्यै नै छ हाम्रो घरमा।
“-सबनाले बुहारी निमालाई बिस्तारै सम्झाउँदै थिइन् । त्यो बेला सपनाले बाहिरैबाट सुनेकी थिई। तिनै शब्द अहिले सपनाले झलझलि सम्झी ।”
” हो नि आमा ! मलाई थाहा छ छोरीहरू आमाको पेटमा त सुरक्षित छैनन्, अँझ सडक र बजारको के कुरा ?”- सपनाले व्यङ्ग्यात्मक प्रहार गरी ।
” अहिले सबानाको शिर लाजले निहुरिएको थियो।
दाङ घोराही १८

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

8 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

9 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago