रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ
“मेरा कतिपय साथीहरू वैदेशिक रोजगारमा लागेका छन् । म गाउँमै शिक्षक भएर सेवा गरिरहेको छु ।” शिक्षकले गर्वसाथ आफ्नो परिचय दियो।
“मैले आफ्नै देशमा व्यापार व्यवसाय गरेर सेवा दिइरहेको छु । इमानदार देखाउँदै व्यापारीले आफूलाई चिनाउन खोज्यो।
“म स्वदेशमै बसेर बिरामीको सेवामा तल्लीन छु ।” गमक्क पर्दै डाक्टरले आफ्नो पहिचान गरायो।
“मैले केही गर्न सकेको छैन । विदेश पनि जान सकिएन । गाउँमै बसेर, गाईभैँसी पालेर, खेती किसानी गरेर, धान फलाएर, तोरी उमारेर र सागपात बेचबिखन गरेर जेनतेन आफ्नो पेट पालेको छु ।”
किसानले निराश भएर आफ्नो चिनारी दियो । उसको बोलीमा जीविकाको कुरा थियो तर सेवाको कुरा थिएन।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…