सुरेशकुमार पाण्डे
दाङ घोराही१८

“पिमा जाउ छिट्टो आगोबाल कर्मिलाई नास्ता बनाउँन ढिला भयो।”- पुष्पिले आफ्नो छोरीलाई अह्राईन्। उसले केही नबोली उठेर अँगेनामा आगो बाली र फेरी आफ्नो काममा जुटी। ऊ स्कुलको गृह कार्य गर्दै थिई। निरजले भने बसेर मोबाईल चलाईरहेको थियो।
कर्मिहरू घर मुनि पशु बस्ने गोठको गारो लगाउँदै थिए। पिमाले उनीहरूलाई पानी र मागेको सामान पनि दिईराख्थी घरिघरी।
“पिमा जाउ छोरी एक गाग्रो पानी ल्याइदेउ।”-पुष्पिले फेरी आदेश गरिन्। ऊ केही नबोलिकन पानी पँधेरा गएर पानी ल्याई। गग्रेटामा गाग्रो राखेर फेरी दलानमा बसेर लेख्न थाली।
एकैछिन पछि फेरी आमाको आदेश भयो।” पिमा जाउ छोरी कर्मिलाई नास्ता खान बोलाउ; नास्ता तैयार भयो।”- पुष्पिले फेरी पिमालाई काम बताईन। निरजले अहिले पनि मोबाईल चलाईरहेको थियो।
“आमा दाइलाई भन्नु न म स्कुलको काम गर्दैछुँ।”- पिमाले निरजतिर हेर्दै भनी। ” ओहो कति ठुलो काम कर्मिलाई बोलाउने नै हो; त्यही पनि दाजुलाई संझी ! “-पुष्पीले रिसाउँदै भनी। “त्यही त भनेको नि आमा दाइ अघि नै देखि मोबाईल चलाएर बस्नु भएको छ।”- पिमाले निरजतिर हेर्दै भनी।
“निरज ! ए निरज ! “- पुष्पीले छोरालाई बोलाइन्।
“हजुर मम्मी !”- निरजले मोबाईल हेर्दै बोल्यो।
“बाबु तल गोठमा काम गर्दै गरेका कर्मिहरूलाई बोलाएर ल्याउ त छोरा। नास्ता चिसो भयो।”- पुष्पीले छोरालाई भनिन्।
“आमा हजुर पनि ! म मोबाईलमा केही काम गर्दै छु। पिमालाई पठाइदिनुहोस् म जाँदिन।”- निरजले साफ इन्कार गर्यो।
“पिमा तिम्रो दाइ ब्यास्थ छ, छोरी जाउ कर्मिलाई बोलाऊ छोरी।”-फेरी पनि पुष्पीले पिमालाई अह्राईन। उसले नउठि सुख्ख पाइन।
“हस् ! ” ऊ अँध्यारो अनुहार बनाएर गोठतिर लागि।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

19 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

20 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago