Categories: कविता

“छोरी”


रेवतीरमण सापकोटा
ओदालगढी, असम

छोरीहरू मनोरम,कोमल कविता हुन्।
छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने
शिखरिणी, मालिनी, शालिनी आदि देखिने
अनि भनौं, सुन्दरी स्रग्धरा भएर सलल बग्ने।

छोरीहरू मीठो आवह सङ्गीत हुन्
पाउजुमा छम् छ्म् गर्ने, सबैलाई मन पर्ने
प्रतिपल प्रति लयमा मधुर सरगम भर्ने
अनि भनौं, मुस्कानले सबैको मन हर्ने।

छोरीहरू हाम्रा मनमोहक नृत्य हुन्
शास्त्रीय मोहिनीअट्टम्, कि त भरतनाट्यम्
कहिले मोहमयी कुचिपुडी त कहिले कुडियाट्टम्
अनि भनौं, ख्याली ओडिसी, सङ्गिनी छ्म् छ्म्।

छोरीहरू सृष्टिकी देवी अनुपमा प्रकृति मूल हुन्
माइती र घरलाई जोड्ने छोरीहरू अभेद्य पुल हुन्
घरमन्दिरका शोभा र फूलबारीका सुन्दर फूल हुन्
अनि भनौँ, संसार बचाउने छोरीहरू नै कुल हुन्।

छोरीहरू दिदी, बहिनी, भाउजु, माइजु हुन्
छोरीहरू आमाजु,नन्द,बुहारी अनि आमा हुन्
छोरीहरू दुर्गा, लक्ष्मी, सरस्वती र सावित्री हुन्
अनि भनौँ, छोरीहरू नै सबैका असल छोरा हुन्।

छोरीहरू लक्ष्मीबाई जस्तै बीराङ्गना योद्धा हुन्
छोरीहरू हाम्रा मदर टेरेसा जस्तै श्रद्धा हुन्
परिवारमा छोरीहरू इज्जतको असल ढाल हुन्
अनि भनौँ, पापी नास्ने छोरीहरू महाकाल हुन्।

छोरीहरू आमाको सारथि, बाबुको माया हुन्
छोरीहरू सासुको आश र पतिको छाँया हुन्
छोरीहरू समाज निर्मार्त्री,खिया नपर्ने पारखी
अनि भनौँ, सर्वगुण सम्पन्ना सुन्दर काया हुन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago