Categories: बाल कथा

“झरी”


केशव नेपाल
बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक

“आमा, आज खेत नजानुस्, झरी परेको छ।”
“नजाऊँ भने बाख्रा भोकाउँछ छोरी ?”
“म स्कुलबाट आएपछि केही गरौँला।”
आमा मुस्कुराइन्, “तँ पढ्। मेरो दुःख त झरीसँगै बगिहाल्छ।”
बेलुका आमा भिज्दै आइन्।
“आमा, तपाईँले खाना खानुभयो ?”
“खाएँ।” सायद वाक्य भूईमा खसेन । छोरीले भनी “झुट !”
आमा “किन ?”
“तपाईँको पटुकी भित्र त अरूको घरबाट ल्याएको एउटा रोटी देख्दै छु ।”
आमा चुप लागिन्।
हरिमायाले रोटी दुई टुक्रा पारिन्।
“आज आधा तपाईँको, आधा मेरो।”
बाहिर झरी परिरह्यो।
घरभित्र भने आमाको आँखाबाट झरी सुक्न थालेको थियो।
“रात आकाशको पानीले होइन, घरको अभावले निद्रा लुट्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

31 minutes ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago