Categories: बाल कथा

जन्मदिन


ह्रदय लेकाली

ए समीरका बाबा, “भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के गर्ने ?”
पत्नीका कुरा सुनेर उनले भने, “ठिकै छ नि त ससानो केक काटेर मनाइदिउँला नि ।”
यत्तिकैमा समीर टुप्लुक्क आइपुग्छ र भन्छ “बाबा भलि के हो नि। थाहा छ तपाईँलाई ?”
बाबाले भने भोलि शुक्रबार हो ।”
बाबाका कुरा सुनेर समीर भन्छ “भोलि शुक्रबार त हो बाबा तर ……. ।”
बाबाले भने “तर के ? ”
समीरले भन्यो “बाबा भोलि मेरो जन्मदिन ।” छोराका कुरा सुन्दै उनले भने “ठिकै छ नि त । जन्मदिन आउँछ जान्छ।”
समीरले भन्यो “नाइँ बाबा जन्मदिन मनाउने तर कसरी ?”
बाबाले भने “मलाई के थाहा कसरी मनाउने भनेर।”
समीरले भन्यो “अँ बाबा यसपालि केकसेक नकाट्ने बरु अनाथ आश्रममा गएर अनाथहरुलाई मिठाई फलफूल कपडा भोजन दिएर मनाउने हो। गीत सङ्गीत गाएर नाचेर रमाएर मनाउने हो । केक काटेर बत्ती निभाएर हैन बरु झलल बत्ती बालेर सबैसित हाम्रै परिकार खाएर मनाउने है बाबा ?”
छोरा समीरका कुरा सुनेर दुबैजना खुसी भए।
भोलि समीरकै सोच अनुसारको जन्मदिन मनाउने कुरामा सहमति र निधो गरे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago