Categories: कविता

“शरद् छ मस्त”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

हिलो र मैलो सुक्यो हरायो।
वर्षा गयो लौ शरद् उदायो॥
हराभरा छन् लता र वृक्ष।
रोमाञ्चदायी छ हेर दृश्य॥

फुलेर तोरी पहेँलिँदैछन्।
बारी र पाखा सिँगारिँदैछन्॥
अनाज बाला झुलाउँदैछन्।
खेती किसानी रमाउँदैछन्॥

युवा र बाला उमङ्ग बोकी।
खेल्छन् रमाई बनेर सोखी॥
फुलेर झुल्दा अनेक फूल।
मौरी खुशी छन् चुसेर फूल॥

बिदेसिएका फिरेर आए।
मातापिता श्रीमती रमाए॥
बिछोडिएका जहान आए।
छोरा र छोरी सबै रमाए॥

उमङ्गका चाडपर्व आए।
पाखा पखेरा सबै सजाए॥
समस्त प्राणीहरू रमाए।
खाना र नाना जुटी जुटाए॥

अदृश्य देखिन् सदृश्य सम्मन्।
आफन्त देखिन् समस्त सम्मन्॥
विशिष्ट देखिन् अशिष्ट सम्मन्।
ती शूक्ष्म देखिन् विशाल सम्मन्॥

बुढा पुराना विकीर्ण नौला।
आकाश धर्ती प्रभा सुनौला॥
मनुष्य पन्छी लता समस्त।
प्यारो सबैको शरद् छ मस्त॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago