Categories: बाल कथा

जलस्राेत

टीकाराम जाेशी
टीकापुर

“उफ् ! कस्ताे गर्मी ! राति पङ्खा चलाएर पनि राम्रोसँग निद्रा परेन। कक्षामा गयाे भने गर्मीले पढाउन पनि जाँगर नलाग्ने के !” रमाकान्त सरले भने।
“स्कुलमा बिदा गरिदिए पनि हुन्थ्यो ।” रमा मिसले थपिन्।
शिक्षकहरु हाफ छुट्टीमा आपसमा कुराकानी गर्दै थिए। रमाकान्त सरले फ्रिजबाट मिनरल बाेतल झिकेर घाँटी चिसाे बनाए।
“चुरेका मान्छे पानीका लागि राजधानीमा आन्दोलन गर्ने रे। “उनले भने।
“चुरेमा मात्रै हाेइन याे अवस्था तराईकाे सबै ठाउँमा उस्तै छ।”
रमा मिसले भनिन्।” हाम्रो चापाकलबाट पहिलेको जस्ताे पानी आउनै छाडेकाे छ। “जलस्रोतकाे धनी देश तर जनता पानीका लागि काकाकुल ।” रामहरि सरले भने। “चुरेकाे दाेहनले तराईकाे जलस्तर घट्याे भन्छन् । अब सडक बनाउनै पर्याे ,घर बनाउनै पर्याे भने ढुङ्गा , गिट्टी ,बालुवा नभइ हुँदैन। मेराे घरकाे काम भै रहेकाेछ। नगरपालिकाले गिट्टि ,बालुवा निकासी बन्द गरे म त बर्बादै हुन्छु।” रमाकान्तले भने।
“तपाईँलाई घर बनाउने चिन्ता पर्या छ। कच्ची घर,कच्ची सडक भएपनि हुन्छ तर देशमा भाेकमरी हुनु भएन भन्नुस् न। ” रमा मिसले भनिन्।
“नदीमा प्रशस्त पानी छ । कुला,नहर बनाए भै हाल्याे नि।” रमाकान्त ले प्रतिवाद गरे।
“नदीमा पानी कहिले सम्म बग्छ बुझ्नु भएकाे छ ? याे घैँटाे हेर्नुस् । घैँटाै खाली छ कि भरिएको छ भन्ने कुरो बाहिर बाट हेरेरै थाहा पाउन सकिन्छ।” रमाले भनिन्।
रमाकान्त केही बाेलेनन्।
“घैँटाे भरिएकै हुनुपर्छ। बाहिर घाँटीसम्म ओसिलाे देखिएकाे छ। ” रामहरिले उत्सुकता देखाए।
“हाे। तल भुईँ पनि हेर्नुस्।” रमाले भनिन्।
“पानी रसाएर भुईँ ओसिलाे भएकाे छ। “रामहरिले जवाफ फर्काए।
“घैँटाकाे बिचबिचमा प्वाल पारे के हाेला ,भन्नुस् त? ” रमाले साेधिन्।
“चुरे पनि घैँटाे रहेछ ! बल्ल बुझेँ!” रमाकान्तले भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

7 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

7 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago