Categories: बाल कथा

समयको चक्र

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

सात वर्षको उमेर मै आमा-बुबा गुमाएको चंगुरामलाई काका-काकीले नोकर भन्दा तल्लो स्थानमा राखेर ह्याप्ने गर्थे।
एक दिन किताब पढेर बसिरहेको बेलामा काकाको छोरा बिराट आएर उसलाई कपालमा समाएर हान्दै घिसार्न थाल्यो।
बिराटको आमा-बुबाले बिना सोचे-सम्झे छोराको पक्ष लिएर गाली गर्दै बिचरालाई घर बाटै निकाली दिए।
बिचरा!चंगुराम रूदै-रूदै बाहिर निस्कियो। उसको दिमागले केही सोच्न सकिरहेको थिएन,अब के गर्ने?कहाँ जाने?
टन्टलापुरे घाममा यताउता भौतारिदा-भौतारिदै उसलाई कवाडीखानामा काम मिल्यो।मेहनती र जेहेन्दार भएको कारण उसले दिनभर कवाडीखानामा काम गर्ने र साँझमा विद्यालय (रात्री स्कुल)पढ्न थाल्यो।
लोकसेवा आयोग परिक्षाबाट उसले प्रशासन अधिकृत पास गर्यो, घर बनायो,कार किन्यो,नेपाल राष्ट्र बैंकमा अधिकृत पदमा रहेकी सुमना संग धुमधाम संग बिवाह गरेर पुराना दिनहरूलाई मन बाट निकालि दिएको थियो।
समय बित्दै गएको थियो तर एक दिन अंकल,अंटीले आफ्नै सँधियारलाई मारेको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको रहेछ,जहाँको ऊ जिल्लाधिकारी थियो। आज दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा आएका थिए। दुबै पक्षका वृतान्त सुनेपछि एक सहमति पत्रमा मेलमिलाप गराए जसमा अंकल-अंटीले दुई लाख दिनुपर्ने निर्णय गरिएको थियो।
जिल्लाधिकारी अगाडि आएर के सोध्न लागेका थिए , काका-काकी पक्षातापको भुमरीमा पिल्सिएर रूदै भन्न थाले यो समयको चक्र पनि कस्तो अजिब तरिकाले घुम्दो रहिछ है, रूनेलाई हँसाउदै , हास्नेलाई रूलाउँदै!…….!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

8 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

8 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago