Categories: बाल कथा

जिज्ञासा


त्रिपुरा पोखरेल, खरेल
मामरिङ्ग, दक्षिण सिक्किम

“नाइँ आमा! यो बाटोबाट जाम न।”
अस्पताल जाने सडकको पेटीमा जोडिएको आकाशे पुलतिर देखाउँदै आठ वर्षे छोरोले जिद्दी गर्यो।
“यो पुल लामो छ,फेरि सिंढी चढेर जाँदा सास फुल्छ।तिमी बिमारी मान्छे,बरु सडकको बाटो पार गरेर जाने।” “हामीलाई स्कुलमा बाटो कसरी पार गर्ने भन्ने सिकाएको छ। यो मान्छेलाई सडक पार गर्नकै लागि बनाएको हो।”
छोरोको हठ अगाडि उनले झुक्नुपर्यो। उनी छोरोलाई डोर्याएर पुलको सिंढी चढ्न थालिन् ।
“आमा! हेर्नुस् त !” छोराले चोर औँलाले संकेत गरेतिर तिनको आँखा गयो। खुड्किलो पिच्छे बाक्लै चुरोटका ठुटाहरू छरिएका थिए।
“बाबु ! सफाइ कर्मचारीले सफा गर्नुपर्थ्यो गरेनछ।” तिनले कुरा छोट्याइन्।
“हामीलाई सिग्रेट खानु हुँदैन,फोहोरमैला गर्नुहुँदैन , भनेर म्यामले जहिले प्रार्थना सभामा भन्नुहुन्छ ।”उसले आमालाई हेर्दै भन्यो।
बजार बीचमा यो हाल छ । केटाहरूको बरालिने र मनपरि खाने ठाउँ भएछ यति राम्रो आकासेपुल। तिनले आफैँभित्र अफसोस जनाइन्।
” आमा हेर्नुस् त ,बोतलहरू पनि फुटाएर फ्याकेका रहेछन् ।”
तिनले छोराले देखाएको ठाउँमा नजर दौडाइन। बियरका बोतलहरू फुटेर छरपस्ट भएका रहेछन्।”
काँचको टुक्राले तिम्रो हात काट्छ यो काम सरकार र सफाइ कर्मचारीको हो।” तिनले छोरालाई रोक्न खोजिन्। आमा! म्यामले भन्नुभएको , सरकारले बनाएका चिजहरूको सरसफाइ र सुरक्षा गर्ने काम हाम्रो हो रे।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 minutes ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

34 minutes ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

24 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago