अम्बिका धिताल
कमलविनायक भक्तपुर

सदा झैँ आज पनि म पुगेँ । बाहिरै पाला र लड्डु बेच्ने मानिसको भिड दर्शनार्थीभन्दा बढी देखिन्थ्यो । चप्पल खोलेर बाहिर राखेँ र लाइनमा बसेँ ।
लाइन सुस्तसुस्त अगाडि बढ्दै थियो। यसैबिच एक जना वृद्ध सबैसँग हात थाप्दै ,काँप्दै भन्दै थिए, “ यतिको चिसो मौसममा हेर्नुहोस् मलाई अलिकति दया गरेर केही सहयोग गर्नुहोस् ‌।”
भक्तजन कानमा तेल हालेझैँ देखिन्थे । कसैले केही प्रतिक्रिया देखाएनन् । बरू “कस्तो माग्ने मन्दिर भित्र आएको छ्या डुङ्डुङ् गन्हाइरहेको छ । बाहिर निकालिदिए पनि हुने नि ।” भन्ने आवाज आयो ।
मेरो धैर्यताको बाध फुट्यो, “कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू । यस्तो हेमन्तको ठिहिरोमा यसरी याचना गर्दै हिड्न कसैको रहर हुँदैन। सकिन्छ सहयोग गरौँ , सकिदैन यति पवित्र स्थानमा आएर हामीले मानवता बिर्सनु हुँदैन ।”
लाइनको बिचबाटै एकजनाको आवाज आयो, “ओहो ! उहाँ त निकै आदर्श छाट्नुहुँदो रहेछ । सक्नुहुन्छ भने आफ्नै घर लगेर पाल्नुहोस् न ।हामी त केही दिदैनौँ । यस्ता माग्नेलाई दिएर के साध्य?”
मानिसको कलुषित भावलाई पखाल्न म केही सोच्दै थिएँ । तिनै वृद्ध , साक्षात भगवान् गणेशमा परिवर्तन भई बोल्न थाले, “ हे भक्तजन ! यति सबेरै धर्म गर्न आएका तिमीहरूमा के को घमण्ड हँ? कलाकारले कोरेको पत्थरमा शिर झुकाएर र दक्षिणा चढाएर के को पुण्य कमाउँछौ ? वृद्ध,बालक र असहायको मुहारमा मुस्कान ल्याएर हेर त जीवनमा कति धर्म हुँदो रहेछ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

22 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

22 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago