जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

१. कारण बुझ्नुस्:
प्राय: बच्चा किन जिद्दी हुन्छ भनेर बुझ्न जरुरी छ — उसलाई सुन्ने बानी बसाल्नुस्।
कहिलेकाहीँ उसलाई ध्यानाकर्षण चाहिएको, डर लागेको वा उसले आफूलाई असुरक्षित महशुस गरिरहेको हुन सक्छ।
२. धैर्यपूर्वक कुरा गरिदिनुस्:
आदेश दिने भन्दा पनि सकारात्मक कुराकानी गर्नुहोस्।
उसलाई “तिमीले किन यस्तो गर्यौ?” भन्दा “हामी यो अरू राम्रो तरिकाले कसरी गर्ने?” भनेर बुझाउनुस्।
३. विकल्प दिनुस्:
जिद्दी बच्चालाई विकल्प दिनुहोस् — जस्तै, “तिमी राति ८ बजे नुहाउँछौ कि ८:३० बजे?”
यसले उसले आफ्नो निर्णय गर्ने महसुस गराउँछ।
४. पुरस्कार र प्रशंसा:
साना राम्रो व्यवहारलाई तुरुन्त प्रशंसा गर्नुहोस्।
कहिलेकाहीँ उसलाई रुचि लाग्ने कुराले पुरस्कार दिन सकिन्छ।
५. व्यवहार आफैँ देखाउनुहोस्ः
आफूले देखाएको व्यवहार नै बच्चाले सिक्छ।
यदि तपाईँ आफैँ धेरै चिच्याउनुहुन्छ वा जिद्दी गर्नुहुन्छ भने बच्चाले पनि त्यसलाई पछ्याउँछ।
६. थप समय दिनुस्ः
उसलाई आफ्ना काम आफैँ गर्न प्रोत्साहित गर्नुहोस्, हतार नगर्नुस्।
बच्चा धेरै दबाबमा हुँदा पनि जिद्दीपन देखाउँछ।
७. हद नाघ्दा कडा नियमः
सधैँ प्यारो मात्रै नबनिनुस् , कुनै कुरामा सीमा तोक्नुपर्छ।
नियम उल्लङ्घन गर्दा सजिलो तरिकाले “नयाँ कुरा” सिकाउनुहोस् — जस्तो कि केही समय खेल्न नपाउनु, मनपर्ने ग्याजेट नपाउनु आदि।
मुख्य कुराः
सबैभन्दा प्रभावकारी उपाय प्यार, धैर्य र निरन्तरता हो। बच्चाको जिद्दी स्वभाव एकैदिनमा हट्दैन। विस्तारै सुधार हुन्छ।
श्रोतः Arghakhanchi Saptahik

सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

12 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

12 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

12 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago