Categories: बाल कथा

नागपञ्चमी


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे, ईलाम

“बाबा नाग पञ्चमी कहिले पर्छ ?” छाेरीले एक साँझ खाना खाए पछि साेधिन् ।
“साउनमा पर्छ नानी । साउन शुक्ल पञ्चमीलाई नाग पञ्चमी भन्छन् ” मैले भनेँ ।
“यही समयमा चैँ किन नागकाे पूजा गरेकाे हाेला ? “उनले साेधिन् ।
“याे समय सर्प धेरै निस्कने समय हाे । सायद सर्पकाे प्रजनन समय पनि ।” मैले भने “त्यसैले याे बेला नागकाे पूजा गर्ने चलन चलाए पुर्खाले ।”
“बाबा यस्काे धार्मिक महत्त्व पनि त हाेला नि ?”उनले भनिन् ।
“एक दिन एउटा किसान खेत जाेत्दै थियाे । अचानक त्यहाँ मसिना नागका बच्चा खेल्न थाले । किसानले लाैराले पटापट मारेर खेतकाे आलीमा फालिदियाे ।
बेलुका खाना खाेज्न गएकी नागीनी फर्कीन् । आफ्ना नानीहरुकाे हत्या भएकाे देखेर उनी अत्यन्तै विचलित भईन् र उनले बदला लिने अठाेट गरिन् ।
सन्तानकाे हत्याले आक्राेसित नागिनी जब त्यस किसानकाे घर पुगिन् ,किसानका छाेराछाेरीहरु गफ गर्दै थिए । भाइ ! आज पञ्चमी हाे । आज हामीले नाग र सर्पहरुकाे पूजा गर्नु पर्छ । यिनीहरुले प्रकृतिमा रहेकाे विषलाई साेसेर लिन्छन् र अरु प्राणीको ज्यान बचाउँछन् । जाउँ हामी पनि नागकाे पूजा गराैँ ।
दिदीभाइकाे यस्ताे कुरा सुनेर नागिनीलाई आफ्ना पुत्र वियाेग पनि विर्सायाे । उनले तुरुन्तै नागदेवीकाे स्वरुपमा दर्शन दिईन् र आशीर्वाद पनि दिईन् । हाे त्यै दिन देखि साउन शुक्ल पञ्चमीमा नाग पूजा गर्न थालियाे ।” मैले आफुले सुनेकाे कथा सुनाएँ ।
“अहाे ! कति राम्रो कथा रहेछ । “उनले साेधिन् ” साँच्ची बाबा ! तपाईँ अब हाम्राे देशका ठूलाठूला नेताहरु मिलेर सर्प पालन गर्ने याेजना बनाउदै छन् भन्नु हुन्थ्यो नि , कुराे कहाँ पुग्याे ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

14 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

14 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

15 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago