
रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ
जून मामालाई भेट्न हो कि आकाशभन्दा माथि
मलाई छोडी छोडी कता लाग्यौ ए,जूनकिरी साथी!
दिउँसो दिउँसो कुना पस्दै हराउँछ्यौ कता
देखिइन्नौ भेटिइन्नौ खोजेँ जता तता
जब घाम अस्ताउँछ पर्छ साँझ राति
भरे फेरि भेट्नु पर्छ ए, जूनकिरी साथी!
तिमी आऊ किरण छर्दै लेख्छु अनि पढ्छु
त्यही उज्यालो हेरेर नै गृहकार्य गर्छु
बाबा जस्तै जाती तिमी आमा जस्तै जाती
तिमीलाई कुरी बस्छु ए, जूनकिरी साथी!
झ्यालको बाटो छिरी अनि गर्दै घुमिफिरी
झिमिक झिमिक बत्ती बाल्दै आऊ जूनकिरी
मैले जस्तै मन पराउँछन् बाजे अनि नाति
मेरै साथमा बस सधैँ ए,जूनकिरी साथी!





