Categories: बाल कथा

ज्ञान /विज्ञान


लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली

” बा, म गुरु दिक्षा लिन चाहन्छु !” विज्ञान पढेको छोराको अनौठो प्रश्न सुनेर बाबुले उसको मुखमा केहीबेर हेरे । र भने, ” दीक्षित हुन असल गुरु चाहिन्छ बाबु ! तिमी विज्ञान पढेको विद्यार्थी, आफ्नो गुरु आफैँ हुने प्रयत्न गर ।” “विज्ञानको गुरुत्वाकर्षण र अध्यात्मको आकर्षणमा फरक छ बाबु । गुरुत्वाकर्षणले मान्छे अडाउँछ । ईश्वरज्ञानले मान्छे विभाजित गरेको छ । आज —।”
“ईश्वरीय ज्ञानले जीवनबोझबाट मुक्ति दिन्छ । म मानवजीवनको सरल मुक्तिमार्ग अपनाउन चाहन्छु । जुन विज्ञानमा सम्भव छैन बा !”
“विज्ञानले जीवन वोध गराउँछ, बाँच्न सिकाउँछ । असलमा पूर्ण जीवन बाँच्नु नै मुक्ति प्राप्त गर्नु हो । जीवनदेखि भाग्नु मुक्ति होइन, मर्नु हो । मरेपछि शरीरसँगै जीवन पनि मर्छ।”
“ईश्वरीय ज्ञानले जीवन मरेपनि मान्छे जीवित रहन्छ, होइन र ? ”
छोराको नैराश्यतामा अवश्य केही थियो । तातो दूध पिए जिब्रो पोल्थ्यो । चिसो गरे स्वाद हराउँथ्यो । बा दोधारमा परे । चुप लाग्नु श्रेयस्कर थिएन । उनले मध्यबिन्दु झिके, –“विज्ञान पढेको विद्यार्थी तिक्ष्ण हुन्छ । उसँग नौलो / नवीन ज्ञान सृजना गर्ने आक्रामक शक्ति हुन्छ । ईश्वर भक्तिले त्यो शक्ति सुस्त हुन्छ । त्यहाँ सबै वस्तु / ज्ञान पूर्व सृजित हुन्छ । तिमीले सृजना गर्नुपर्ने केही हुन्न । अरूले दिएको लिने प्रवृतिले शरीर अङ्ग सेलाउँछ । मन्त्रीय ज्ञान क्षणभङ्गुर् हो, भङ्ग हुन्छ । अध्यात्ममा भग्नावशेषको कुनै प्रयोजन रहन्न ।”
“के विज्ञानले मृत मन प्रयोगमा ल्याउँछ त ? मसँग एउटा मरेको मन छ ! केही गर्न नसक्ने ज्ञान / विज्ञान छ !”

धनगढी, कैलाली

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घामपानी”

पुण्यप्रसाद घिमिरे दाेलखा बादल छ एकापट्टी, घाम अर्कापट्टी, घामपानी इन्द्रधनु, रमाइलाे कत्ति। दररर दर्के झरी,…

1 day ago

“फूल”

लक्ष्मी रिजाल रूपनगर, सप्तरी “तँ चुप लाग्, धेरै कराउने मुखले नै गाउँ डुबायो !” विद्यालय…

1 day ago

“क ख ग”

रमेशचन्द्र घिमिरे यौटा कुरा भन्छु आमा सुन्दिनु न ल ठुलो भई लेख्छु है त मैले…

1 day ago

सुन्दर छ मेराे देश

दुर्गा पौडेल तिनपा ३ शंकरनगर आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला,…

2 days ago

“आयो बिहानी”

मचिन्द्र खत्री आऊ रमाऊँ अब भो प्रभात छन् कर्म गर्ने जनहीत हात। जो कर्म गर्लान्…

2 days ago

छलफलमा आमाछाेरा

डा छायादत्त न्यौपाने (साँझपखकाे समय, बत्ती बलेको छ । पढाइ विषयमा साथीकाे तर्कले तानेर सचिनलाई…

2 days ago