राजन कार्की पाजु
धरान सुनसरी

खेल्न गएकी छोरी सितल रूँदै आएकी देखेर सिमाले सोधी- ” के भयो किन रोएकी ?”
सितल ले रुँदै भनी ” मलाई रबिले पिट्यो !”
सितल र रवि दाजुभाइका एकै दामले छोरा छोरी, सँगै खेल्थे । तर , करेसो जोडिएको घर भए पनि दाजुभाइको त्यति राम्रो सम्वन्ध थिएन ।
“हिजो पनि पिट्यो, आजपनि गाला रातो हुन्जेल पिटेछ ए ! तँलाई त्यो सँग नखेल भनेको हैन, आज पनि त्यहीँ पुगिस् अरु साथी थिएनन ?” उल्टै छोरीलाई झपारी र जेठानी तिर इंगित गर्दै भनि – “हैन यिनीहरुले किन यतिसारो हेपेका हँ ! यिनीहरूको झाँक्को नझारी भएन।”
सिमा, छोरीलाई तान्दै विमलाको घरतिर फरियाँ सुर्कदै पुगी।
“एss, दिदी ! बाहिर‌ निस्क ?” सिमा घर अगाडि पुगेर कुर्लीई।
“हैन फेरि के भो ? टोलै थर्किने गरि किन चिच्याकी !” देवरानीको कर्कस ध्वनी सुनेर विमला फरियाँको सप्कोले कम्मर कस्दै बाहिर निस्किई।
“के भो रे ? तिम्रो छोरोले हिजो मेरो छोरीलाई पिट्यो , आज पनि गालै रातो हुने गरी पिटेछ। यसरी सहन सकिन्न!आफ्नो छोरालाई ठिक ठाँउमा राख, नत्र ठिक हुन्न।” सिमाले चोर औँला ठड्याउँदै चुनौती दिई।
हल्ला सुनेर छिमेकीहरू पनि भेला भै सकेका थिए।
“राख्दिन! लु के गर्छेस् हेरौँ त !” उ पनि के कम् , सिमाको मुखमा औंलो ठड्याउन पुगी।
तिलले पहाडको रूप लियो, हेर्दाहेर्दै दुबैजना कपाल लुच्छालुछ गर्न थाले।
“होइन ल हेर ! के भएका यी देवरानी जेठानी ! झगडा गर्न पो थालेछन् ! हैन के भयो फेरी ?” माझाघरकी रम्भा भिड पन्साउँदै आएर दुबैलाई छुटाउँदै भनी। “विमलाको छोरोले सिमाको छोरीलाई पिट्यो रे, त्यसैको निहुँमा यी आमाहरु लुच्छालुछ गर्दैछन्।” भिडबाट कसैले भन्यो।
“अनि उनीहरू त खेल्दैछन् त !” रम्भा ले आँगनको कुनातिर इंगित गर्दै भनी।
सबैको ध्यान तेतै सोझियो , जहाँ रवि र सितल मस्त खेलिरहेका थिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

24 minutes ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

47 minutes ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago