कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
“ए शान्ता आजको नयाँ पत्रिका हेर्यौ ?” रमाले फोनमा बोल्दै सोधिन्।
“के हो र दिदी ? मैले त हेर्नै भ्याएकी छैन, आज शनिबार कपडा धुने तयारीमा पो छु म त” उताबाट शान्ता बोलिन।
“मेरो रचना आजको प्रतिष्ठित पत्रिकामा छापिएको रहेछ , कस्तो लाग्छ एक पटक हेरेर प्रतिक्रिया देऊ न” रमाको आवाज आयो।
“केटा केटीलाई नुहाई दिनु छ, यत्रो धेरै कपडाहरू धुनु छ, फेरि खाना पनि बनाउनु छ, दिउँसो तिर हेरौँला नी रमा दिदी हुँदैन र ? शान्ताको उत्तर थियो।
“तिमीलाई साहित्यमा रुचि भए पाे हेर्ने थियौ , तिमी सधैँ घरेलु काम मै जोतिई राख, थोरै चासो , जिज्ञासा पढ्ने लेख्ने गरे पो थाहा हुन्थ्यो, छाेरा छाेरी, सासु ससुरा, घर धन्दामा नै तिम्रो जिन्दगी जाने भो,पढे लेखेकी मान्छे, यस्तो झिना मसिना कुरामा अल्झेर बस्नु राम्रो लाग्छ तिमीलाई , हा.. हा.. हा..” हाँस्दै रमाको उपहास मिश्रित आवाज आयो।
“दिदी,तपाईँको साहित्यिक यात्रा सफल रहोस् धेरै धेरै बधाई एवं शुभकामना छ, म मेरै संसारमा प्रसन्न छु, श्रीमान,छाेरा छाेरी, सासु ससुराको सेवा, साथै घर धन्दामा आफूलाई समाहित हुँदा निकै आनन्द आउँछ,टोल, छिमेकमा केही कार्यमा सहयोग गर्न पाउँदा जीवन सफल भएको महसूस हुन्छ, बिहान उठ्ने बित्तिकै मेरो सधैँ झैँ नयाँ जीवनको नयाँ अध्याय सुरु हुन्छ, पुस्तकमा झैँ आफूलाई एउटा पात्रको रूपमा उपस्थित पाउँछु, मेरो दिन चर्या नै मेरो सिर्जना हो, म त्यसैमा सधैँ आनन्दित र प्रसन्न छु दिदी” शान्ता लामै बोलिन।
“ए तिम्रो दिन चर्या सुन्न फोन गरेकी होइन,मेरो रचना हेरेर प्रतिक्रिया दिन्छौ कि भनेर फोन गरेको हो, ठिकै छ” भन्दै रमाले फोन काटिन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…