जीवन पिया
नारायणगढ

दुई केटीहरु बजारमा भुतालाभुतल गरिरहेका थिए। सबै रमिते भएर रमिता हेरिरहेका थिए भने कोहि भिडियो बनाएर रमाई रहेका थिए। क्रमशः रमिता हेर्नेको भिड बढदै गयो। नयाँ आउनेहरु पनि रमिते नै बने। राजेशलाई यी रमितेहरु देखि दिक्क लाग्यो। सबै रमितेहरुलाई धिक्कार्दै ती दुई २०/२२ बर्षका केटीहरुको झगडा छुट्याउन अगाडि बढ्यो। दुई केटीको बिचमा पसेर एक आपसमा जगल्टा समातेर भुतालाभुतल गरेको हात छुटाउने प्रयास गरे। यिनी दुबै एक आपसमा पछि हट्न तयार थिइनन्। कहिले लात्ती र कहिले मुक्का ले WWF को स्टाईलमा लडिरहेका थिए। अब बल्ल रमाइलो हेरिरहेका रमितेहरु बाट दुई जना ठिटाहरु आएपछि लछारपछार गरिरहेका दुई केटीको झगडा छुट्याउन सफल भए। एउटा केटीलाई उत्तर र अर्कोलाई दक्षिण पठाउने प्रयास गरे पनि फेरि पनि झगडिन फर्कि फर्कि आई रहेका थिए। अन्त्यमा दुबैलाई छुट्याए पछि एकजना बाटो लागे। अर्की केटी थचक्क भुईमा बसिन् र रमाइलो हेर्न बसेका रमितेहरु तिर हेर्न थालिन्।
“किन यसरी बिच बाटोमा झगडा गरेका?” राजेशले सोध्यो। केटीको अनुहारमा पश्चातको कुनै रेखा थिएन। बहादुर बनेकी केटीले भनिन्, “यसले मेरो बारेमा आमासँग चाहिदो नचाहिँदो कुरा लगाएर मलाई कुट्न लगाईन, त्यसैले रिस उठ्यो र त्यसलाई भुताल्न आज मौका पर्यो।”
बजार बिचमा झगडा गरेर बाहदुरी देखाएकोमा जिल्ल पर्यो र राजेशले पछि मात्र थाहा पायो कि कुरो त अर्कै रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

23 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

23 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago