Categories: कविता

“हाम्रो कक्षाकोठा”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

दायाँबायाँ ठुल्ठुला खुल्ला झ्याल छ
चारैतिर उज्यालो छ्याल्ल ब्याल्ल छ

जता हेर्यो सफा छ छैन फोहोर
फाल्टु मान्छे गर्दैनन् ओहोर दोहोर
छैन डर काँडाको छैन झाडीको
हल्लाखल्ला आउँदैन मोटर गाडीको

पहिले कालोपाटी थ्यो अहिले ढाकियो
सेतोपाटी त्यहीँमाथि टक्क राखियो
चक लिने सरले मार्कर लिनुहुन्छ
माया बाँड्दै हामीलाई ज्ञान दिनुहुन्छ

पावर प्वाइन्टका सामग्री प्रोजेक्टरले
देखाउनु हुन्छ हामीलाई हाम्रा सरले
कस्तो आयो जमाना के के हुन्छ है ?
यस्तो देख्दा हुन्छ हामीलाई फिलिम हेरेझैँ

रातो अनि पहेँलो, नीलो, हरियो
राम्रा राम्रा चित्रले भित्तो भरियो
त्यही भित्तामा मैले नि सिप खन्याएँ
कार्डबोर्डमा लेखेर चार्ट बनाएँ

किताबको र्याक छ उता कुनामा
क्यालेन्डर छ टाँगेको कक्षाकोठामा
डेस्क अनि बेन्चा छन् बस्न सजिलो
सुनिरहूँ झैँ गुरुको बोली रसिलो

सहयोगी हँसिला प्यारा साथी छन्
जो हेरे नि राम्रा छन् सबै जाती छन्
अनुशासित बनेर ज्ञानी भएर
पढ्न पाउँछौँ कक्षामा खुसी रहेर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

5 minutes ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

36 minutes ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago