Categories: कविता

“झरी”

देवी त्रिपाठी
पोखरा

घरभित्रै पढ्ने लेख्ने खेल्ने गरियो
बाहिर जानै नपाइने कस्तो झरी हो
बेमौसमको यो झरीले गर्नुसम्म गर्यो
धोको लुगा नसुकेर चिसै लाउनुपर्यो।

घाम् लाग्दा त बरु ओढ्ने छाता चाहिँदैन
झरीमा त घरबाहिर हिड्नै पाइँदैन
झरीमा नि पढ्नैपर्छ स्कुल जान्छु-आउँछु
कैले छाता ओढ्छु कहिले रेनकोट लगाउँछु!

खाल्डाखुल्डी पानी जम्यो हिलो भयो बाटो
पानी मात्रै कत्ति पर्छ? घाम लाग्ने साटो
कालो बादल फटाएर आकशमा आइदेउ
यो झरीले गाह्रो पार्यो छिट्टै घाम लाइदेउ।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

11 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

11 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago