Categories: कविता

“आरी घोप्टे पानी”


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

किन होला लौ न यसको यस्तो मनोमानी?
बिनामेसै परेको छ आरी घोप्टे पानी

असारमा पो असारे थ्यो साउनमा साउने
भदौसम्म ठिकै थियो असोजमा नि आउने
कुबेलामा नाटक गर्ने नराम्रो छ बानी
रोकिए नि हुन्थ्यो बरै आरी घोप्टे पानी

तारन्तार पानी पर्दा ओढे पनि छाता
कताबाट पानी चुहियो भिज्यो किताब पाता
आत्तिएर भन्छिन् कठै स्कुल जाने नानी
किन पर्नु परेको हो आरी घोप्टे पानी

मान्छेका पो बा-आमा छन् छेक्न सक्छन् झरी
कसो गरी पेट भर्छन् रुखमा बस्ने चरी ?
गुँडका चल्ला गुँडमै रहे अब कता जानी
नपरे नि हुन्थ्यो अब आरी घोप्टे पानी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

9 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

9 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

10 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago