पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दोलखा
हामी खुशी छौँ
हामी ज्ञानी छौँ
सबैका प्यारा,
बाबु नानी हौँ।
काख प्यारो छ
साथ प्यारो छ
ताते ताते गर्ने
हात प्यरो छ।
झुट बोल्दैनौँ,
फोहोर खेल्दैनौँ,
होसियार हँड्छौँ
हिलो टेक्दैनौँ।
हाँस्दै हिँड्छौँ
नाच्दै खेल्छौँ
सबैसित माया
गाँस्दै हिँड्छौँ।
ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…
रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…
मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…
धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…