Categories: कविता

“मख्ख पार्छन् मलाई”


इन्दिरा प्रयास

डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा
साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा
बित्छन् धेरै समयपलका लेख्छु सम्झी डराइ
लेख्दै जाँदा सरललयले मख्ख पार्छन् मलाई ।।

राेप्दै मीठा प्रकृति कविता लेख्न थालेँ प्रभात
माली बन्दै प्रकृतिवनका पाेख्न थालेँ सुवास
उर्लिन्छन् यी कविमन सधैँ काव्य शैली भराइ
डुल्दा डुल्दै कविहृदयले मख्ख पार्छन् मलाई ।।

रारा फेवा नयनभरि छन् सम्झनाका सुनामी
लेख्दै घुम्छन् कवि र कविता कल्पनाका मदानी
बाढी आए नजरडिलमा राख्छु आली लगाइ
बग्दा बग्दै सरस लयले मख्ख पार्छन् मलाई ।।

मेची-काली मृदुलध्वनिले छन्द धेरै सुसाए
चिन्छन् क्यारे जनक जननी काव्य खाेज्नै लगाए
बज्याे ताली सकलजनकाे हाैसला गड्गडाइ
सारङ्गीको सबलध्वनिले मख्ख पार्छन् मलाई ।।

बिछ्याएका गिरिशिखरमा सभ्यताको गलैँचा
हेर्दै जाऊ वनकुसुमका मिल्छ बस्ने फलैँचा
लेखून् खुल्दै तरुणमनका गाेप्यता ती खुलाइ
मीठो बाेली मधुर मुरली मख्ख पार्छन् मलाई ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

3 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

1 day ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

1 day ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

1 day ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

2 days ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

2 days ago