Categories: कविता

“टालाटुली पुतली”

बिन्दु पौड्याल वस्ती

सानी नानी आइन्
टालाटुली ल्याइन्
भन्छिन् आऊ खेल्न
पुतली छुन दिन्न

टालाटुली पुतली
हाम्रो जस्तो थिएन
बजारका पुतलीले
मेरो मन छोएन

कपडाको टुक्राको
पोको पारी टाउको
छेस्को बिचमा तेर्स्याइ
हात खुट्टा बनाइ

कोखाई कोखाई भनेर
बट्टाको माटो दिएर
चिउॅडोसम्म पुरायो
अनि त्यसमै रमायो

नुनुनुनु भनी थमार्दै
पुतलीलाई सुताएर
पिॅढीको कुना बसेर
खेल्ने सामान खोजेर

बजारका पुतली
देख्दा मात्र झिलिमिली
त्यसकै पछि दौडेर
हिंड्छौँ सारा खोजेर

एक्लै पुतली समाउने
कोठाभित्रै रमाउने
साथी पनि हॅुदैन
भाषा अघि बढ्दैन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

6 hours ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

7 hours ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

7 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago