Categories: बाल कथा

नाग देवता

रामप्रसाद पन्थी
रेसङ्गा न पा २ , गुल्मी

“हजुरबा! किन आज सर्पकाे पूजा गरेकाे?”
नाति रूपेशकाे प्रश्नकाे जवाफ दिदै मनाेहर भने -“बाबू ! आज नागपञ्चमी हाे । त्यसैले नागदेवताकाे पूजा गरेकाे हाे।”
रूपेशले भन्याे, “कति मानिस सर्पकाे टाेकाइबाट मरेका छन्। आफू खाने शत्रुलाई पूजा किन गरेकाे त हजुरबा?”
रूपेशलाई सम्झाउदै मनाेहरले भने, “बाबू रूपेश ! नाग शत्रु हाेइनन् मित्र हुन् । नागले किसानका शत्रुजीव नष्ट गर्नमा सहयाेग गर्दछन्।”
रूपेशले साेध्याे -“नाग मानिसका मित्र पनि भन्नुहुन्छ देवता पनि भन्नुहुन्छ मैले कुरा बुझिन नि हवुरबा!”
मनाेहर -“हेर बाबू ! जसले हरहमेसा साथ दिन्छ त्याे साथी हाे। नागले वातावरण सन्तुलित बनाएर हाम्राे साथ दिएका छन्। धार्मिक हिसाबले हेर्दा शेष नाग भगवान् विष्णुका साथ रहन्छन्। शिवजीका गलामा नागदेवता गहना बनेर रहेका छन्। उहिले समुद्र मन्थनमा नाग देवताकै महत्त्वपूर्ण स्थान थियाे।”
मनाेहरकाे भनाइलाई राेक्दै रूपेशले भन्याे – “त्यसाे भए हजुरबा! अस्ति घरभित्र सर्प पस्याे भनेर लठ्ठीले हिर्काएर नाग देवतालाई किन मार्नुभएकाे त?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

5 hours ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

5 hours ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

5 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago