Categories: कविता

“टोपी”

अनन्तकुमार बस्नेत

टोपी लगाऔँ अति गर्वसाथ
हिमाल झैँ उच्च हुनेछ माथ
श्रीपेच आभूषण सान-मान
नेपालको यो पहिचान जान।

टोपी लगाए दुनियाँ निहार्छ
मुहार हाम्रो झलमल्ल पार्छ
देखेर टोपी अति गर्व लाग्छ
र चित्तमा राष्ट्रिय भाव जाग्छ।

टोपी अहा पूर्वजको चिनो हो
र एकताको बलियो मियो हो
लाइन्न यो तस्विर खिच्न मात्र
सञ्जालमा चर्चित बन्न मात्र।

टोपी अलङ्कार सिँगार हाम्रो
दुरुस्त शोभा शिरपोस हाम्रो
टोपी दिने गर्छ खुदै चिनारी
नेपाल नै बोक्दछ झल्ल पारी।

लाएर टोपी शिर यो सजाऊँ
सम्मान हो इज्जत हो बढाऊँ
यो राष्ट्रको गौरव तोड्नु हुन्न
तसर्थ टोपी अब छोड्नु हुन्न।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago