शिक्षाकाे ग्राहक

टीकाराम जाेशी
इमाडाेल

“तपाईंकाे छाेरी कहाँ पढ्छिन् त आजभोलि ?”राजले साेध्याे।
“”काठमाडौंमा पढ्छे।” श्यामप्रसादले भने। “के गर्ने? आफुले पढाउन चाहेपनि सक्ने हैन। हाम्राे लागि त गाउँकै सरकारी स्कूल ठीक छ। काठमाडौंमा पढाई त राम्रै हाेला ?”राजले आफ्नाे दुखेसाे पाेख्दै भन्याे। “हाम्राे नानी पढ्ने स्कुलमा चार हजार विद्यार्थी छन्। बीस पच्चीस त बस नै छन्। एउटै कक्षाका आठ आठवटा त सेक्सननै छन्।” यता श्याम प्रसादले राजकाे दुखेकाे ठाउँलाई चलाउने अवसर पाए। उता श्यामप्रसादकाे कुराले राजकाे सुषुप्त इर्ष्यालाई जगाउने काम गर्याे ।
“पढाई त राम्रै हाेला नि?” राजले कमजाेरी छाम्न चाह्याे। “ए !कति ठुलो एरिया छ स्कुलकाे । पाँचवटा गेटमा दुई दुई जना त पाले छन्। भित्र छिर्न पनि अनुमति चाहिन्छ। फाउण्डरसँग त भेट पाउनु नै गाह्राे हुन्छ।”श्यामप्रसाद किन कम पर्थे। “पढाई त राम्रै हाेला नि हजुर?”राजले नाडी छाम्दै रह्यो ।
“ए! पढाई भन्नु भाे। किन न हुनु राम्रो? नानीले अँग्रेजी भट्ट्याऊँछ भटटटट ..।” नयाँ कार किनेका मालिकले आफ्नाे कारकाे तारिफ गरेझैँ श्यामप्रसादले फुर्ति लगाए। “अब जमाना कहाँ पुगिसक्यो । अँग्रेजी बाेल्न जानेर मात्रै के हुन्छ र? नयाँ नयाँ प्रविधिकाे ज्ञान र सीप पाे दिनु पर्याे। “राजले कुरा माेड्याे।
“पढाउने कुरा त स्कुलले नै जानाेस्। भनेजति पैसा खर्च गरेकै छु क्या रे।”श्यामप्रसादले पढाईकाे जकडनबाट उम्किने उपाय खाेजे। राजले खुसीले गदगद् हुँदै भन्याे, “नयाँ प्रविधि र सीपसँग विद्यार्थी परिचित हुँदैनन् भने त्यस्ताे शिक्षामा खर्च गर्नु बेकार हाे हजुर। हाम्राे गाउँका सरकारी स्कुलहरुमा त स्मार्ट बाेर्डबाट पढाउन थालिसके।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

10 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

11 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago