रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
चन्द्र सूर्य झण्डा मेराे गाैरवकाे गाथा
सगरकाे माथ छुने मेरै सगरमाथा।
डाँफे चरी बेग हान्छ मेरै सेराफेराे
मेचीकाली देश मेराे पुरूखाकाे घेराे।
हिमालकाे हिउँसँग नाता लाएँ मैले
पहाडकाे पहरामा गीत गाएँ कैले।
तराईको समथर आँगनीमा नाँच्छु
मेराे देश मेराे आफ्नै आत्माभित्र साँच्छु।
हिजाे लडे मेरा पुर्खा देश जुटाउन
किन काेही लागेकाे छ आज फुटाउन।
शान्तिप्रिय देश मेराे हिंसा बढ्याे किन ?
आफ्नै आमा डलरमा बेच्नेलाई चिन।
सीमा मिच्याे छिमेकीले आज जताततै
आमा रूदा पिर चिन्ता देखिएन कतै।
बुद्ध भूमि देश मेराे पुण्य भूमि देश
भाषा,धर्म, संस्कृतिमा लाग्याे किन ठेस ?
रिसराग वैरभाव मनबाट फाल
हातेमालो गर सब सँगै गाेडा चाल।
खस,आर्य , आदिवासी , जनजाति हामी
धर्ती पुत्र नेपालका बन्नुपर्छ नामी।
देश टुटे हाम्राे मुटु दुःख्नु पर्छ हेर
नेपालकाे मानचित्र अङ्गालाेमा बेर।
देश हाम्राे फुलबारी हामी सबै माली
नेपाली हाैं हामी सब ठानाैं भाग्यशाली।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…