रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी
बिहानी मै उठेँ अनि नित्य कर्म गरेँ
बाबासित जनै पुज्न मन्दिरमा झरेँ ।
जनै ,डाेराे पुज्ने काम जब पूरा भयाे
जनै ,डाेराे लगाउने काम सुरू थियाे ।
गुरूसित मैले डाेराे हातभरि बाँधेँ
रमाउँदै बाबासित घरतिर लागेँ ।
रक्षा सूत्र मेराे भाइ भन्दै दिदी आइन्
दायाँ हात देऊ भन्दै राखी पनि लाइन् ।
मैले पनि दिदीलाई बाँधी दिएँ राखी
राखी बाँधी दिदी भाइ खाेज्दै हिड्याै साथी ।
खाना थियाे आज खास क्वाँटी पनि खायौँ
डाेराे किन बाँध्ने कुरा ज्ञान धेरै पायौँ ।
दिनैभरी डुली घुमी डाेराे बाँध्याैँ हामी
पूर्णिमा याे हाम्रा लागि बन्याे खुबै दामी ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…