Categories: बाल कथा

ठूलो एकादशी


लक्ष्मी रेग्मी खनाल
वालिङ् , स्याङ्जा

“आमा, आज किन व्रत बस्नुभएको ?” कृष्णले भान्सामा पिठो चाल्दै सोध्यो।
आमाले चुल्होमा आगो सल्काउदै भनिन्। “आज  ठूलो एकादशी हो । तुलसीको बेर्ना रोप्ने दिन । साथै भगवानको सम्झना गरि पेटलाई पनि आराम दिने ।”
कृष्ण झट्ट बोल्यो। “अनि सबैलाई आराम दिन्छ ? बाबालाई त ग्यास्ट्रिक छ, उहाँलाई त व्रत बस्न मिल्दैन।”
आमा मुस्कुराइन्। “हो बाबु । सबैको शरीर एउटै हुँदैन । सबैले व्रत बस्नैपर्छ भन्ने पनि छैन।”
कृष्ण अलिक गम्भीर भयो। “आमा, तपाईँ किन बस्नुभयो त ?”
आमाले लामो सास फेरिन् र भनिन्। “धर्म संस्कृति पनि जोगाउनु पर्याै साथै “पेटलाई हलुका पार्न । धेरै मसलाले थाकेको पेटलाई विश्राम दिन। अनि एक दिन भएपनि सकरात्मक विचार मनमा ल्याई आफूलाई नियन्त्रण गर्न सिक्न पनि ।”
कृष्णले ओखल छाम्दै भन्यो। “मान्छेले त दिनहुँ जसो मिठो खाने, रिसाउने, झुट बोल्ने अनि एक दिन मात्र सफा र सकरात्मक भएर के हुन्छ आमा ?”
आमाले उसको आँखामा हेरिन्। “त्यही त हो बाबु । व्रतले सबै समस्या समाधान गर्दैन । तर मानिसलाई सम्झाउँछ। “ तँ कमजोर छस्, तेरो चाहना सीमित गर। त्यसैले आवश्यक छ।”
कृष्ण सोँच्दै रह्यो। “अनि भगवानको कुरा किन जोडिन्छ ?”
“मान्छेले आफ्नै मनलाई रोक्न गाह्रो हुन्छ । त्यसैले भगवान् सम्झेर व्रत बस्छ । आफूमाथि नियन्त्रण गर्न धर्म सहारा हो।”
कृष्णको निधार खुम्चियो। “आमा, सबैले त भगवान् मान्दैनन् ।”
“ठिक भनिस्। त्यसैले सबैलाई व्रत बस्नैपर्छ भनेर कर गर्न हुँदैन । जसले मन, शरीर र आत्मालाई बुझ्न चाहन्छ उ व्रत बस्छ।”
कृष्णले एकै सासमा भन्यो। “तपाईँ व्रत बस्नुस् आमा, म त फलाहार मात्रै गर्छु । पेट पनि ठिक रहोस् अनि तपाईँको मन पनि खुसी रहोस् ।”
आमाले निधारमा उसको हात राखिन्। “त्यो नै हो व्रतको अर्थ हो बाबु , अरूलाई नथिच्ने, आफूलाई मात्रै सम्हाल्ने।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 day ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 day ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 day ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 day ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 days ago