Categories: बाल कथा

ठूलो मान्छे


तारा केसी
काठमाडौं

“नाति बाबु!
राम्राेसँग पढ्नु है। ठूलाे मान्छे बन्नु पर्छ।”
मावली हजुर बा हजुर आमाले उत्तमकाे गालामा चुप्पा गर्दै भन्नुभयाे। अलिपर बाटाेमा मामा माइजुसँग भेट भयाे। मामाले पनि मोटर बाईक राेकेर भन्नुभयाे; “भान्जा बाबु! राम्राेसँग पढ है । ठूलाे मान्छे बन्नु पर्छ। “दिदी भिनाजु, काका काकी, ठूलाे बा, ठूली आमा जस्ले पनि उत्तमलाई भेट्याे कि यहीँ कुरा भन्नुहुन्थ्याे; “बाबु! राम्राेसँग पढ है। ठूलाे मान्छे बन्नुपर्छ।”
कक्षा पाँचमा पढ्दै गरेकाे उत्तमकाे मनमा प्रश्न उठ्याे।
“ठूलाे मान्छे भनेकाे काे हाेला ?”
हाम्राे विद्यालयकाे हेड सर पाे हाे कि ? फेरि हेड सरले त पुलिस अंकललाई नमस्कार गर्नु भाकाे थियाे। त्याे पुलिस अंकल पाे ठूलाे मान्छे हाे कि ? ऊ झन झन साेच्न थाल्याे। पुलिसदेखि त सबै जना डराउछन्। त्यस्ताे डर लाग्ने मान्छे पनि ठूलाे मान्छे हाेेला त?
हाेइन….. अस्ति बाबासँग अस्पताल गाकाे थिएँ। बाबाले सेताे काेट लाकाे डाक्टरलाई नमस्कार गर्नु भाकाे थियाे। डाक्टर पाे हाेला त ठूलाे मान्छे त? डाक्टरले त राेग पनि निकाे पार्छन्। पक्कैपनि डाक्टर ठूलाे मान्छे हाे।
विद्यालयमा गुरूले भन्नुभयाे; “ठूलाे मान्छे भनेकाे ज्ञानी मान्छे। सबैकाे भलाे गर्ने मान्छे। सबैले राम्राे ठानेकाे मान्छेलाई ठूलाे मान्छे असल मान्छे भनिन्छ।”
अहाे….! ठूलाे मान्छे हुन यस्ताे पाे हुनुपर्दाे रहेछ। उसले बल्ल ठूलाे मान्छेकाे बारेमा थाहा पायाे। विद्यालय जाने बेलामा हजुर आमाले निधारमा टीका लगाई दिदै भन्नुभयाे; “बाबु! ठूलाे मान्छे बन्नु है पढेर।”
अब भने उत्तमले मुख खाेल्याे र भन्याे; “म काे जस्ताे ठुलाे मान्छे बनाैं हजुर आमा?”
हजुर आमाले पल्लाेघर तर्फ देखाउदै भन्नुभयाे; “ऊ क्या त नेता काका जस्ताे। उनी कति पैसा कमाउछन्। ठुलाे घर छ। कति शानले हिड्छन्।” हजुरआमाकाे कुरा नसिद्धिदै एक हुल मान्छेहरू नेता काकाकाे घरतर्फ नारा लगाउदै अघि बढे।
“यस्ता नेता चाहिँदैन।
देश लुट्न पाइँदैन।
भष्टचारीलाई फाँसी दे फाँसी दे।”
त्याे दृश्य हेरिरहेकाे उत्तमले हजुरआमा नजिकै गएर भन्याे; “हजुर आमा ! ती नेता काका त भ्रष्टाचारी पाे रहेछन्। म त्याे भ्रष्टाचारी जस्ताे ठूलाे मान्छे बन्दिन। म त मेराे बाबा जस्तै बन्छु। मेराे बाबालाई सबैले राम्राे र असल मान्छे भन्छन्।”

श्रोत ः/hamrokathaghar.com

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सुन्दर छ मेराे देश

दुर्गा पौडेल तिनपा ३ शंकरनगर आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला,…

17 hours ago

“आयो बिहानी”

मचिन्द्र खत्री आऊ रमाऊँ अब भो प्रभात छन् कर्म गर्ने जनहीत हात। जो कर्म गर्लान्…

17 hours ago

छलफलमा आमाछाेरा

डा छायादत्त न्यौपाने (साँझपखकाे समय, बत्ती बलेको छ । पढाइ विषयमा साथीकाे तर्कले तानेर सचिनलाई…

17 hours ago

“ग्रीष्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा गरम छर्दछन् सूर्य तापले। सकस भर्दछन् घाम रापले॥ ऋतु पर्यो कडो ग्रीष्म…

2 days ago

रहस्य

शान्ता तिम्सिना भक्तपुर बिहानै,पत्रिकामा जुनाको फोटो देखेर छिमेकीहरु अचम्मित भएका थिए। सधैँ नकारात्मक टिप्पणी गर्ने…

2 days ago

“चार”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा पढ बुझ बाबुनानी, के के कुरा चार, चार भित्रै जन्म मृत्यु,…

2 days ago